जीतपुरसिमरा : उपमहानगर आफैले पालना नगर्ने नियम किन बनाउनु ‘मेयर साब’ ?

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको रातापुल नजिकै एउटा बोर्ड राखिएको छ । जसमा लेखिएको छ ‘यहा फोहोर फाल्न सख्त मनाही छ, फोहोर फाल्नेलाई ५००० रुपैया जरीवाना लाग्ने छ’ । यो भन्दा अगाडी उप–महानगरपालिकाले त्यहि स्थानमा फोहोर थुपार्ने र जलाउने काम गथ्र्यो । तर बिभिन्न माद्यमबाट उप–महानगरको आलोचना हुन थालेपछि फोहोर व्यवस्थापन गर्ने बिषयमा उसले चासो दियो ।
रातोपुल नजिकै त्यहा राखिएको बोर्ड फोहोर फाल्नेको लागी हो । फोहोर फाल्नेलाई कारर्वाही स्वरुप ५००० रुपैया जरीवाना पनि तोकिएको छ । तर केहीदिन यता उप–महानगरपालिका आफैले नियम उल्लघंन गर्न थालेको छ । फोहोर फाल्नेलाई जरिवान गर्ने नियम बनाएको उपमहानगर आफैले नियम मिच्न थालेको हो ।
केहिदिन अघि उप–महानगरपालिकाको एउटा गाडीले बोर्ड नजिकै दुषित पानि फाल्यो । आफै नियम बनाउने उपमहानगरले नियम मिचेर मनलाग्दि गर्न थालेको कतिपयको भनाई छ ।
स्थानीयका अनुसार सम्बन्धित सरोकारवाला निकायले समयमै जिम्मेवारी वहन गर्न नसक्दा उप–महानगरको मुहार खस्कँदै गएको छ । उप–महागरपालिकाले पनि सरसफाइमा खासै ध्यान दिन नसकेको उनीहरुको आरोप छ ।
यता, उप–महानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले रातो पुल नजिकै दुषित पानि फालेको बिषयमा आफुलाई केहीपनि थाहा नभएको प्रतिक्रिया दिनुभयो । फोहोरको दिर्घकालिन समस्या समाधान गर्ने पक्षमा उपमहानगर लागेको भन्दै कसले त्यसो गर्यो भन्ने बारे आफुले बुझ्ने उहाले बताउनुभयो ।
‘हामिले त्यहा फ्याक्न निषेध गरेको हो, तपाईले भनेपछि मात्रै मलाई थाहा भो, म कुन गाडि हो बुझेर, छलफलको बिषय बनाएर समाधान खोज्छु’ ए वान समाचारसंग पौडेलले भन्नुभयो ।