श्रीमती भन्छिन्, ए ! बुढा एउटा छोरो नपाउने ?
प्रमोद अधिकारी

उही छ पात्र, प्रबृत्ति अनि संस्कार उही छ ।
फेरियो नीति, सिद्धान्त खै! व्यवहार उही छ ।
कसरी बन्लान् विद्यार्थी भोलिका कर्णधार ?
किताबको आकार बढ्यो, आधार उही छ ।
श्रीमती भन्छिन्, ए! बुढा एउटा छोरो नपाउने ?
के भनौं र खै ! उधारोको पुरानो भार उही छ ।
नेता उहीँ छ संसदीय दलको फेरिन्छ उपनेता
भ्याकुतो उफ्रिन्छ, प्रधानमन्त्रीको प्यार उही छ ।
लेखक पत्रकार तथा साहित्यकार हुन्