राष्ट्रिय बिभुतीको १६औ बार्षिकउत्सव सम्पन्न

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको डुमरवानामा रहेको राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनको १६औ बार्षिकउत्सव सम्पन्न भएको छ । बार्षिकउत्सवको हिजो एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रामबाबु यादवले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्रनाथ सिंह, वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, डुमरवाना कलेजका कलेज प्रमुख राधेश्याम सिवाकोटि, सहायक कलेज प्रमुख किशोर शर्मा लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक किशोर श्रेष्ठले गर्नुभएको थियो ।