बारामा बिहानैदेखि शान्ति सुरक्षा कडा, सब्य रुपमा होली खेलौ : प्रहरी

फाइल फोटो
ए वान डेस्क
१८ फाल्गुन २०७४, शुक्रबार ०८:३२

ए वान डेस्क /

होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाको सुरक्षा व्यवस्था आज विहानैदेखि कडा बनाएको छ । विशेष गरेर होलीको बहानामा फोहोर पानी शरीरमा फाल्ने, ईच्छा विपरित रंग दल्ने, लोला हान्ने लगायतका मानवीय मर्यादा विपरित काम गर्ने र पर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा गलत गतिविधि गर्नेहरूलाई तत्काल पक्राउ गरी कारर्वाही गरिने बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

त्यसको लागी सबै प्रहरी कार्यालयहरुमा निर्देशन दिईसकिएको उहाले बताउनुभयो । होलीको समयमा विभिन्न आवाञ्छित घटना तथा दुर्घटना हुन सक्ने भएकोेले त्यसमा सचेत हुन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

जिल्लाका सबै प्रहरी चौकी र ईलाका मार्फत १६ वटै स्थानीय तह समेटेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएका कारण होलीको नाममा मर्यादा विपरित काम गर्नेलाई तत्काल घटनाको प्रकृतीहेरी कारबाही गरिने बैदवारले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*