आजको राशिफल

ए वान डेस्क
१९ फाल्गुन २०७४, शनिबार ०८:३०

वि.सं. २०७४ साल फागुन १९ गते। शनिबार।

इश्वी सन् २०१८ मार्च ३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २७:५४ बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरफाल्गुनी, २२:२६ बजेउप्रान्त हस्त। योग– शूल, २४:२१ बजेउप्रान्त गण्ड। करण– तैतिल, १६:२४ बजेदेखि गर, २७:५४ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान २८ घडी ५९ पला। त्रिपुष्कर योग २२:२६ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट व्यर्थमा तर्क, बहस र वादविवाद हुने सम्भावना छ । प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा तिक्तता आउने छ । मानसिक क्षमता घट्दै गएको अनुभूति हुनेछ । छटपटी र असन्तुष्टि बढ्ने छन्, झैझगडा र विवादले तनाव बढ्ने भएकाले सतर्क रहनु पर्छ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धार्मिक, सामाजिक र परोपकारी काममा दौडधूप गर्नुपर्ने छ । सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कल्पना, भावना, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि अनुकूल समय देखिंदैन । सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले सामान्यतया दिन बितेको पत्तो पाइँदैन, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ, अनिमात्र व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*