भोलिदेखि शुरु हुने खाद्य मेलाको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क /
बाराको सिमरामा भोलिदेखि शुरु हुने खाद्य मेला प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले दिएको जानकारी अनुसार खाद्य मेलाको भोलि उद्घाटन गरिनेछ ।
भोलि दिउसो एक कार्यक्रमकाबिभ प्रदेश नम्बर २ का कृषि भुमि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशन संजिवकुमार कर्ण लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहने क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो ।
३ दिनसम्म चल्ने मेलामा झन्डै ५० वटा स्टल रहने रिजालले जानकारी दिनुभयो । परमपरागत रुपमा रहेका खाद्य प्रदर्शन, सचिवालय मार्फत बिभिन्न प्रविधिको बिषयमा जनकारी गराउने र घरेलु उत्पादनको प्रचार गर्ने उदेश्यका साथ सिमरामा मेला आयोजना गर्न लागिएको हो ।
खाद्य मेला प्रदर्शनी सिमराको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा भोलिदेखि चैत्र २६ गतेसम्म हुनेछ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आफ्नो प्रस्तुति देखाउने मेलाका सास्कृतीक बिभाग प्रमुख विकाश पाण्डेले जानकारी दिनुभयो ।