बजनी हत्या काण्ड : सिमरामा प्रहरी र स्थानीवासीबिच झडप

ए वान डेस्क /
बजनी हत्या काण्डको बिषयलाई लिएर बाराको सिमरामा प्रहरी र स्थानीयवासीबिच झडप भएको छ । अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय सिमराले वडा नम्बर ६ का स्थानीय संसुल मियालाई नियन्त्रण गरेर ल्याएपछि आज विहान स्थानीवासी प्रहरी कार्यालय पुगेका थिए ।
पत्रकार श्याम गुप्ताका अनुसार वडा अध्यक्ष क्यामुदिन अंसारीको नेतृत्वमा स्थानीयवासी प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालयमा पुगेपछि स्थानीयवासीले संसुल निर्दोश रहेकोभन्दै छाडिदिन आग्रह गरेका थिए । तर प्रहरीले भने सामान्य अनुसन्धानको लागी मात्र बोलाईएको भन्दै अनुसन्धान सकिएपछि छाडिदिने बताएको थियो ।
अनुसन्धानको बिषयलाई लिएर सामान्य भनाभन भएको केहिसमय पछि ईलाका प्रहरी कार्यालय सिमरा अगाडी प्रहरी र स्थानीयवासीबिच झडप भएको एकजना प्रत्यक्षदर्शीले बताए । झडपमा परि केही स्थानीयवासी घाईते भएका छन् । अहिले ईलाका प्रहरी कार्यालय सिमरामा छलफल कार्यक्रम चलिरहेको पत्रकार गुप्ताले जानकारी दिनुभयो ।
हामीले यस बिषयमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक भुवन भट्टसंग कुरागर्न खोज्न उहाको फोन उठ्न सकेन् ।