काठमाण्डौमा बिमान दुर्घटना, २३ को जिवितै उद्धार

ए वान डेस्क
२८ फाल्गुन २०७४, सोमबार १६:०३

ए वान डेस्क 

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाण्डौमा बिमान दुर्घटना भएको छ । ढाकाबाट नेपालका लागी उडेको युएस बांग्यिा ७३८ एयरक्राफ्टको अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको हो । एरर्पोट ल्याण्ड गर्ने क्रममा बिमान दुर्घटना घएको बिमानस्थलमा कार्यरत्त एकजना प्रहरीले ए वान समाचारलाई जानकारी दिए ।

बिमान दुर्घटनाग्रस्त भएलगत्तै बिमानमा आगो लागेको थियो । बिमानमा लागेको आगो झन्डै आधार घण्टापछि नियन्त्रणमा आएको बुझिएको छ । बिमानमा सवार यात्रुहरु मध्य २३ जनाको जिवितै उद्धार गरिएको छ । २३ जनाको केएम्सी अस्पतालमा उपचार भईरहेको छ । थपको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

बिमानमा चालक दलका ४ जना सदस्यसहित ७१ जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*