सिमरामा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ए वान डेस्क /
बाराको सिमरामा केहिबेर अघि ट्रिपरको ठक्करबाट एक जना मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पथलैयाबाट सिमरातिर आईरहेको ना७ख २३३९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट गईरहेको ना१९प ३८४१ नम्बरको ट्रिपरले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सिमराको नेपाल टेलिकम अगाडी भएको दुर्घटनामा परी एक जना घाईते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार मृतकको पहिचान खुल्क सकेको छैन् । घाईते एक जनाको सिमरामा उपचारमा भईरहेको प्रहरीले जनाएको छ ।