सिमरा महोत्सव आजदेखि शुरु, पर्यटन मन्त्री अधिकारीले गरे उद्घाटन

ए वान डेस्क /
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बारामा बन्न लागेको दोश्रो अन्तराष्ट्रिय बिमानस्थललाई सरकारले पहिलो प्राथमिक्ता दिएको बताउनुभएको छ । बाराको सिमरामा आजदेखि शुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ को उद्घाटन गर्दे मन्त्री अधिकारीले दोश्रो अन्तराष्ट्रिय बिमानस्थलको निमार्ण कार्य समयमै सम्पन्न हुने बताउनुभयो ।
‘मलाई सबैभन्दा यो बिमानस्थलले तानेको छ, यो बिमानस्थलको निमार्ण कार्य समयमै सम्पन्न हुने म बिश्वास दिलाउन चाहन्छु’ अधिकारीले भन्नुभयो । ससंदको बिकास समितिका पुर्व सभापति समेत रहेका अधिकारीले विकास निमार्णको काममा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
२ बर्षमा सरकारले बिमानस्थलको पुर्व तयारी पुरा गर्नेभन्दै उहाले पोखरा, भैरहवा भन्दा दोश्रो अन्तराष्ट्रिय बिमानस्थल सरकारको लागी महत्वपुर्ण रहेको बताउनुभयो । ‘यो बिमानस्थल निमार्ण गर्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ, सबैको साथ र सहयोग बिमानस्थलको निमार्ण कार्य सम्पन्न हुन्छ’ उहाले भन्नुभयो ।
समृद्ध देश निमार्ण गर्न सबै जनप्रतिनिधि लाग्नुपर्नेभन्दै उहाले सरकार सबै राजनितिक दललाई लिएर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाले औद्योगिक नगरीमा आयोजना गरिने यस्ता महोत्सवले ठुलो महत्व राख्ने बताउनुभयो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एकवाल मिया, राष्ट्रिय खेलकुद परिषदका सदस्य बसन्त गुुरुङ्ग, जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उप–मेयर सरस्वती चौधरी, सल्लाहकार समितिका संयोजक दिनेश राई लगायतको उपस्थिति रहेको थियो । आयोजक मुल समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार सुनिल गाउलेले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य मुल आयोजक समारोह समितिका सचिव शैलेस राज अर्यालले गर्नुभएको थियो । यसअघि मन्त्री अधिकारीले सह–संयोजक आरिफ हुसेनले स्वागत गर्नुभएको थियो ।
महोत्सव नव दुर्गा युवा क्लब सिमरा र औद्योगिक शान्ति नेपाल काठमाण्डौको आयोजनामा आजदेखि सिमरा रंगशालामा शुरु भएको हो । महोत्सवमा भेट्रान्स क्लब सिमरा, नेपाल पर्यटन बोर्ड काठमाण्डौ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काठमाण्डौ र जीतपुरसिमरा उप–महानगरपालिका रहेको छ ।
महोत्सवलाई गोर्खा बु्रअरीको उत्पादन टुर्वोग बियरले मुख्य प्रायोजन गरेको छ भने क्याल गु्रप विरगञ्ज, जगदम्बा स्टिल प्रा.लि, हामा आईरन स्टिल प्रा.लि, सुर्य नेपाल प्रा.लि र तराई यातायात व्यवसायी संघ सिमराले प्रायोजन गरेको छ । महोत्सवमा हाम्रो समन क्याम्प हेटौडा ईभेन्ट पार्टनरको रुपमा रहेको छ भने ए वान समाचार डटकम र सिएनएन न्युज डटकम मिडिया पार्टनरको रुपमा रहेको छ । महोत्सवमा करिव २०० स्टल राखिएको छ ।
‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा महोत्सव शुरु भएको हो । मेलामा अटोमोबाईल प्रदर्शनी, कृषि तथा हस्तकालको प्रदर्शनी, ४ दर्जन भन्दा बढि कलाकारहरुद्धारा गायनको बेजोड प्रस्तुती, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्रान्डका मोबाईल तथा ईलोक्टोनिक्स सामानको प्रदर्शनी, वाल उद्यान, लत्ता कपडा तथा भाडाकुडाको प्रदर्शनी, नृत्य प्रतियोगिता, सास्कृतीक प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, सिमरा आईडल, डान्स प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, भेट्रान्स फुटबल प्रतियोगिता, एक दिने मैत्रिपुर्ण महिला फुटबल प्रतियोगिता, कुस्ती प्रतियोगिता, साथमा चर्चित लोक गायकरगायिकाहरुद्धारा दोहोरी गित प्रस्तुतका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।