फोनिज बाराको अध्यक्षमा चौधरी चयन, अनिल बने सचिव
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) जिल्ला कार्यसमिति बाराको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पत्रकार दुष्यन्त चौधरीलाई सर्वसम्मतले चयन भएका छन् ।
समितिको खुल्ला उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा मनोरमा चौधरी, सचिवमा अनिल प्रित चौधरी, कोषाध्यक्षमा मिरा चाम्लिङ राई, सहसचिवमा नविन चौधरी सर्वसम्मत चयन भएका छन् । सदस्यमा शिव थापा मगर, धिरेन्द्र पनुहर, चन्दन चौधरी, आकाश श्रेष्ठ, बुधन चौधरी, सुमन श्रेष्ठ र राजकुमार लामा रहेका छन ।
त्यस्तै चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार सत्य प्रकाश श्रेष्ठ , जितलाल श्रेष्ठ र सत्य श्रेष्ठलाई चयन गरिएको छ ।
जिल्ला अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार निमा लामा , रेनु चौधरी र शेखर चौधरीलाई छनौट गरिएको छ । निवर्तमान जिल्ला अध्यक्ष सत्य श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बाराका अध्यक्ष तथा प्रदेश सभा सदस्य सीता गुरूङ रहेका थिए ।
त्यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा , सुन्दर बहादुर विश्वकर्मा , नेकपा एमाले बाराका प्रचारप्रसार विभाग प्रमुख मनोज पौडेल , नेपाल पत्रकार महासंघका अध्यक्ष कमल कुमार उपाध्याय , बाराका अग्रज पत्रकार रेशम तिवारी , प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी , प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाल , समर्पण एफएमका प्रबन्ध निर्देशक संतोष देउजा , पत्रकार निरज पिठाकोटे मगर लगायतले मन्तव्य राखेका थिए ।























