युनियनद्धारा मृतक परिवारका आफ्न्तलाई आर्थीक सहयोग

ए वान डेस्क
२३ चैत्र २०७४, शुक्रबार ११:४२

ए वान डेस्क /

जगदम्बा स्टिल मजदुर युनियनले मृतक परिवारका आफ्न्तलाई आज आर्थीक सहयोग गरेको छ । मजदुरहरुको एक दिनको तलब बापतको रकम युनियनले आज मृतक परिवारका आफन्तालाई सहयोग गरेको हो ।

सिमरामा आयोजित एक कार्यक्रमकाबिच युनियनले मृतक शैलेन्द्र प्र. घिमिरे, ललित मण्डल र हेमराज खत्रीको परिवारलाई नगद १ लाख ५० हजार रुपैया आर्थीक सहयोग गरेको हाम्रा संवाददाता विकास पाण्डेले जानकारी दिनुभयो । यसैगरी युनियनले दिर्घरोगी तथा बिरामीहरुलाई समेत आर्थीक सहयोग गरेको छ ।

मृगौला रोगी अनिल थापालाई ७४,६९२, टाउकोमा चोट लागेर उपचार गराईरहेका शुक्र. ब. लामालाई २८००० र क्यानसर पिडित जयराम यादवलाई ५० हजार रुपैया आर्थीक सहयोग गरिएको युनियनका अध्यक्ष दिपक बिकले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा जगदम्बा स्टिल प्रा.लिका मानव संसाधन प्रमुख कृष्णप्रसाद लामिछाने, युनियनका अध्यक्ष दिपक बि.क, उपाध्यक्ष शुक्रबहादुर श्रेष्ठ, हरिन्द्र श्रेष्ठ, सचिव दिपक कार्की, सह–सचिव बिनोद अधिकारी, युनियन सल्लाहकार समितिका संयोजक श्याम प्र. खनाल, कोषाध्यक्ष विनय दवाडी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*