निजगढ मेयर कप : उपाधिका लागी वडा नम्बर ४ र ११ भिड्ने

ए वान डेस्क
३ बैशाख २०७५, सोमबार २२:३६

निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधिकालागी वडा नम्बर ११ को निलो टिम र वडा नम्बर ४ को ए टिम भिड्ने भएका छन । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा आईतबार सम्पन्न दोश्रो तथा अन्तिम सेमिफाईनल खेलमा वडा नम्बर १२ लाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ४ ले वडा नम्बर ११ संग हुने उपाधि भिडन्त पक्का गरेको हो ।

वडा नम्बर ४ लाई फराकिलो अन्तरले जिताउने क्रममा खेलको ३५ औ मिनेटमा रंजित धामीले पहिलो गोल गरेकाथिए । तेसको ३ मिनेट पछी नै ३९ मिनेटमा विवेक धामीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले अग्रता लिएको वडा नम्बर ४ ले दोश्रो हाफमा थप ३ गोल थपेकोथियो ।

दोश्रो हाफ शुरु भएको तेश्रो मिनेटमै राजेश कुमरले गोल गर्दै टिमको अग्रतालाई तेब्बर बनाएकाथिए । वडा नम्बर १२ रामथली माथि दबाबपूर्ण खेल खेलेको वडा नम्बर ४ लागि ६२ औ मिनेटमा फेरी विवेक धामीले प्रहार गरेको कर्नर किकलाई करण धामीले हेड मार्फत गोल गर्दै ४ गोलको अग्रता दिलाएकाथिए । तेस्तै खेलको ७१ औ मिनेटमा विवेक धामीले व्यक्तिगत दोश्रो र टिमको लागि ५ औ गोल गरेपछि वडा नम्बर ४ ५–० को फराकिलो अन्तरले बिजयी भएकोहो ।

खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का राजेश कुमर घोषित भए । म्यान अफ द म्याच घोषित कुमरलाई निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोले नगद १ हजार रुपैया प्रदान गर्नुभयो । उपाधिकालागि अब मंगलबार वडा नम्बर ११ र ४ भिड्नेछन ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैया सहित ट्रफी र उपविजेताले नगद ३ हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*