जीतपुर मेलामा आज गायक कमल खत्री आउने

बाराको जीतपुरमा जारी बृहत प्रथम जीतपुर खेलकुद तथा सांगितिक व्यापार मेलामा गायक कमल खत्रीले आज आफ्नो प्रस्तुती देखाउदैछन् । मेलाको आठौ दिन गायक खत्रीसहित आधा दर्जनभन्दा बढि राष्ट्रिय कलाकारहरुले आज आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।
आजै गायक रवि रिमाल, सुनिल पण्डित, गायिका भुमिका गिरि लगायतले आफ्नो प्रस्तुती देखाउने मेला मुल आयोजक समारोह समितिका व्यवस्थापक बिमल खड्गीले जानकारी दिनुभयो । मेलामा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने खड्गीले बताउनुभयो ।
बर्षाका कारण हिजो मेला स्थगित भएको थियो । साझ ५ बजेदेखि लगातार बर्षा हुन थालेपछि अन्तिम समयमा आएर आयोजक समितिले हिजोको कार्यक्रम स्थगित गरेको हो ।
जीतपुरमा दैनिक जसो ६–७ हजार दर्शकले मेला हेर्दे आएका छन् । नया“ बर्ष २०७५ को अवसर पारेर जीतपुरमा आयोजना गरिएको मेलामा झन्डै १०० वटा स्टल राखिएको छ ।