अमलेखगञ्जमा ५ करोडको रिर्सोट खुल्दै, यस्तो छ सेवा सुविधा

ए वान डेस्क /
बाराको अमलेखगञ्जमा ५ करोडको लगानीमा सुविधा सम्पन्न नया रिर्सोट सञ्चालन गर्न लागिएको छ । सिमराका सफल होटल व्यवसायी मोहन शर्मा लामिछानेको लगानीमा अमलेखगञ्जमा सुविधा सम्पन्न नया रिर्पोट सञ्चालन गर्न लागिएको हो । सञ्चालक शर्माका अनुसार रिर्सोटको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘नया बर्षसंगै रिर्सोट सञ्चालन गर्ने सोच बनाएको थिए, तर त्यो सम्भवन भएन्, अब छिट्टै नै रिर्सोट सञ्चालनमा आउछ’ सञ्चालक शर्माले भन्नुभयो । शर्माका अनुसार आन्तरिक र बाहिरी पर्यटकलाई लक्षित गरी सो रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।
‘अमलेखगंजमा पर्सा राष्ट्रिय निकुञ्जको हात्तिसार छ, तर सुविधा सम्पन्न होटल वा रिसोर्ट नहुँदा पर्यटकलाई सिमरामा वा हेटौडामा बस्नु पर्ने बाध्यता थियो, त्यस्तैलाई मध्यनजर गर्दै मैले अमलेखगंजमा लगानी गरेको हो’ उहाले भन्नुभयो । रिसोर्टमा टिपिकल नेपाली ढिँडो, लोकल कुखुरालगायतको आवश्यक सम्पूर्ण खानेकुराको परिकार पनि उपलब्ध गराउने सञ्चालक शर्माले बताउनुभयो ।
रिसोर्टमा विवाहकालागि ३ सय जना अट्ने हल, १० वटा कटेजलगायतको निर्माण गरिएको छ । हलमा विवाह, पार्टी बैठक, सभा गर्न सकिने उहाले बताउनुभयो । शर्माका अनुसार रिर्सोटबाट पर्यटकका लागी निकुञ्ज वरपरको ठाउ तथा वन्यजन्तु अवलोकनकालागि जंगल सफारीको पनि व्यवस्था गर्न लागिएको छ ।