अध्यक्ष पदका लागी अधिकारीको उम्मेदवारी

७ बैशाख २०७५, शुक्रबार २०:५०

पत्रकार महासंघ प्रदेश नंबर ३ को आउँदो बैशाख २२ मा हुने निर्वाचनमा पत्रकार गिरिजाप्रसाद अधिकारीले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् ।
आज पत्रकार महासंघको कार्यालयमा पुगेर अधिकारीले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत नवराज शर्माले जानकारी दिए । उनले कुनै पनि प्यानलमा नरही उम्मेद्वारी दर्ता गरेका हुन् ।