‘कलैया टु पाच किलो’ २ लेनको बनाउन ज्ञापन

ए वान डेस्क
११ बैशाख २०७५, मंगलवार १६:३९

ए वान डेस्क /

बाराको सदरमुकाम कलैयाबाट महेन्द्र राजमार्ग जोड्ने सडक २ लेनको बनाउन माग गर्दे माओवादी केन्द्रका नेताहरुले आज पुर्व मन्त्री प्रभु शाहलाई ज्ञापन पत्र बुझाएका छन् । कलैयाबाट महेन्द्र राजमार्गको ५ किलो भन्ने स्थानसम्म २५ किलो मिटर सडक २ लेनको बनाउन माग गर्दे नेताहरुले पुर्व सहरी बिकाश मन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य शाहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

माओवादी केन्द्रका युवा नेता उमेश कुशुवाहको नेतृत्वमा काठमाण्डौस्थित शाहको निवास पुगेका नेताहरुले कलैया जोडने भलुही बजार देखि प्रस्टोका, इनर्वासिरा, फतेपुर, डुमरवाना र राजघटा हुदै ५ किलोसम्मको सडक २ लेनको बनाउन माग गरेका हुन् । ज्ञापन पत्र बुझाउदै माओवादी केन्द्रका युवा नेता कुशुवाहले जतिसक्दो छिठो कलैयादेखि ५ किलोसम्मको सडक २ लेनको बनाउन शाहलाई आग्रह गर्नुभयो ।

जवाफमा पुर्व मन्त्री शाहले यहि आर्थिक बर्षभित्रमा काम गराउन पहल गर्ने बताउनुभएको युवा नेता कुशुवाहले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*