सिमरामा शुरु भयो प्रदेश स्तरीय सुरक्षा गोष्ठि, गृहमन्त्रीले गरे उद्घाटन

ए वान डेस्क
१२ बैशाख २०७५, बुधबार ११:५३

ए वान डेस्क /

बाराको सिमरामा एक दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठि शुरु भएको छ । गृह मन्त्रालयको आयोजनामा सिमरास्थित ईच्छा होटलमा प्रदेश स्तरीय सुरक्षा गोष्ठि शुरु भएको हो । गोष्ठिको केहिबेर अघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उद्घाटन गर्नुभयो ।

गोष्ठिमा प्रदेश नम्बर २ का आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादप, गृह मन्त्रालयका सचिव प्रेम कुमार राई, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक ‘आईजिपि’ सर्वेन्द्र खनाल, शसस्त्रका प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, प्रदेश नम्बर २ का प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धानका प्रहरी उपरीक्षकहरु लगायतको उपस्थिति रहेको छ ।

गृहमन्त्रालयले आजदेखि प्रदेश नम्बर २ बाट सुरक्षा गोष्ठि शुरु गरेको हो । सुरक्षा गोष्ठिमार्फत ७ वटै प्रदेशको अनुगमन गरिने गृह मन्त्रालयका सविच प्रेम कुमार राईले जानकारी दिनुभयो । सुरक्षा गोष्ठि गृह मन्त्रालयका सचिव राईको अध्यक्षतामा सञ्चालन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*