सासंद ज्वाला शाहद्धारा ६ बालबालिकाको अभिभावकत्व ग्रहण

ए वान डेस्क /
बारा क्षेत्र नम्बर ३ को ‘क’ की प्रदेशसभा सदस्य ज्वाला शाहले ६ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । कलैया उप–महनगरपालिकाको वडा नम्बर १५ स्थित सोनररीयाका ६ जना बालबालिकालाई बिद्यालय भर्ना गराउदै सासंद शाहले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ देशैभरी जारी बिद्यालय भर्ना अभियान अन्र्तगत सासंद शाहले आज ६ जना बालबालिकालाई बिद्यालय भर्ना गराउनुभएको हो । ६ जना बालबालिकालाई दलित जनकल्याण प्राथमिक विद्यालयमा भर्ना गराउदै सासंद शाहले शिक्षाको पहुचबाट कसैलाई पनि टाढा राख्न नहुने बताउनुभयो ।
शिक्षाले नै बालबालिकाको भबिष्य सुनिश्चित गर्ने भन्दै उहाले आफ्ना बालबालिकालाई नजिकको बिद्यालयमा छिटो भन्दा छिटो भर्ना गर्न सबैलाई आग्रह गर्नुभयो ।