जीतपुुरवासीको माग जायज छ : देवनारायण चौधरी

ए वान डेस्क /
एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरीले जीतपुरवासीको माग जायज रहेको बताउनुभएको छ । जीतपुरका स्थानीयसमेत रहेका चौधरीले सरकारले जीतपुरवासीको भावना बुझ्नुपर्ने बताउनुभयो ।
ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘२५ मिटर बाटो बढाउने बिषयमा जीतपुरवासीले उठाएको माग जायज छ, सरकारले यहा“का जनताको भावनाको कदर गर्नुपर्छ’ । जीतपुरका पुर्व गाविस अध्यक्षसमेत रहेका चौधरीले जीतपुरवासी विकास विरोधी नभएको बताउनुभयो ।
‘सबै जना विकासको पक्षमा लागेका छन्, अहिले क्षेतीपुर्तिको कुरा पनि उठेको छ, त्यो जायज पनि हो’ उहाले भन्नुभयो । यसअघि १५ मिटर बाटो बढाउदा सबैलाई मुआब्जा वितरण गरिएको बताउदै उहाले विकास निमार्णको काममा जीतपुरवासी सधै एक भएर अघि बढ्ने बताउनुभयो ।
मुआब्जाको माग गर्दे सम्बन्धीत निकायसंग नियमित छलफल र संवाद गरिरहेका छन् । सडक आयोजना र जीतपुरसिमरा उप–महानगरपालिकाले पनि यसअघि पटक पटक जीतपुवासीसंग छलफल गर्दे आएको छ ।