संयुक्त गठबन्धनका उम्मेदवारहरुले एकै स्वरमा भने ‘हामी लालकिल्ला बनाउन चाहन्छौ’

ए वान डेस्क /
नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचन अन्तर्गत संयुक्त गठबन्धनको तर्फबाट प्रदेश नम्बर २ का उम्मेदवारहरुले आफुहरुलाई अत्याधिक मतले विजयी गराउन सबै सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । बाराको सिमरामा आयोजित छलफल कार्यक्रममा प्रदेश नम्बर २ का उम्मेदवारहरुले यस्तो आग्रह गरेका हुन् ।
आफ्नो चुनावी घोषणा पत्र शार्वजनीक गर्दे उनीहरुले पत्रकारको हितका पक्षमा आफुहरु निरन्तर लागि रहने बताए । उनीहरुले प्रदेश नम्बर २ मा आफुहरुले संयुक्त गठबन्धनको लालकिल्ला बनाउन चाहेको बताए । एमाले निकट प्रेस चौतारी नेपाल, काग्रेस निकट नेपाल प्रेस यूनियन र माओबादी केन्द्र निकट प्रेस सेण्टर नेपाल विच प्रदेश सभा निर्वाचनमा भएको गठबन्धन अन्तर्गत प्रदेश २ का उम्मेदवारहरुले पूर्वबाट चुनावी अभियान शुरु गरेका थिए ।
चुनावी अभियान अन्र्तगत सिमरामा आयोजित छलफल कार्यक्रममा संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका साझा उम्मेदवार दिपेन्द्र चौहानले आफुहरु सधै श्रमजिवि पत्रकारको पक्षमा रहेको बताउनुभयो । पछिल्लो समय पत्रकारीता क्षेत्रमा देखिएको समस्या समाधान गर्न संयुक्त गठबन्धनको जित आवश्यक रहको उहाले बताउनुभयो ।
छलफलमा बोल्दै संयुक्त गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार के.सी लामिछानेले पत्रकारको संयुक्त गठबन्धनले पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा कुनै कसर बाकी नराख्ने बताउनुभयो । संयुक्त गठबन्धनको तर्फबाट सचिवका उम्मेदवार गुरुप्रसाद गौतमले श्रमजिवि पत्रकार ऐनको कार्यान्वयन गर्नेतर्फ संयुक्त गठबन्धन अग्रसर हुने बताउनुभयो ।
छलफल कार्यक्रममा सदस्यका उम्मेदवारहरु जितलाल श्रेष्ठ, भोजराज भट्राई, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाल, प्रेस सेण्टर बाराका सल्लाहकार बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो । पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार सुनिल गाउलेले गर्नुभएको थियो ।