बाराली गायक देवेन्द्र कार्कीको ‘झिमझिम झिमकाई परेली’को बिमोचन

ए वान डेस्क
२२ बैशाख २०७५, शनिबार २१:२७

ए वान डेस्क /

बाराका गायक देवेन्द्र कार्कीको ‘झिम झिम झिमकाई परेली’ गितको बिमोचन गरिएको छ । पर्यकीय नगरी अमलेखगञ्जमा एक कार्यक्रमकाबिच गितको बिमोचन गरिएको हो । उदयमान गायक विकास पाण्डेको शब्द संगितमा तयार भएको गितको बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले गितको बिमोचन गर्नुभएको हो ।

बिमोचन कार्यक्रममा बोल्दै बरिष्ठ गायकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मानन्धरले मानव जिवनमा गित संगितको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख हरिभद्र आर्चायले सफल्ताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, पर्यटन अभियान्ता मोहन शर्मा लामिछाने, वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, गितकार तथा लयसंकलक संतोष देउजा, गितकार तथा गायक विकास पाण्डे, खानेपानी तथा सरसफाई उपभोक्ता समिति अमलेखगञ्जका अध्यक्ष नारायण लामिछाने, संगितकर्मी दिपाञ्जल लामा, भिमफेदी गाईजका निर्देशक तथा मोडल निर्मल लामा लगायतको उपस्थिति रहेको थियो । गायक देवेन्द्र कार्कीका बुबा तिलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रदिप गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा गायक देवेन्द्र कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्कीको सांगितिक यात्रा

कार्कीले ५७ सालदेखि बिद्यालयबाट गायक यात्रा शुरु गरेका थिए । उनले अहिले सम्म आधा दर्जन गितमा गाईसकेका छन् । यसअघि उनले चर्चित पत्रकार संतोष देउजाको शब्द र उदयमान गायक विकास पाण्डेको संगितमा भाग्य बालेको गित गाएका थिए ।

बजारमा निकै रुचाईएको भाग्य बोलको गितले उनको भबिष्य थप उज्जव बनायो । त्यसअघि उनले सिखर संतोषको संगित र राजेन्द्र थापाको शब्दमा बनेको तिमि नभए बोलको गितपनि निकै चलेको थियो । कार्की गोल्डेन आईडल सिजन थ्रिका उप–बिजेता हुन् ।

बिभिन्न उतार चडाव व्यहादै सांगितिक यात्रामा लागेका कार्कीले परिवारको साथ र सहयोग पाएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*