परोपकारी सञ्जालद्धारा मकवानपुरमा शैक्षिक सामाग्री वितरण

ए वान डेस्क /
परोपकारी युवा संजाल नेपालले मकवानपुरमा शैक्षिक सामाग्री वितरण गरेको छ । ‘बोलेर हैन, गरेर देखाउँ’ भन्ने मुल नाराका साथ आफ्ना क्रियाकलापलाई अघि बढाएको संजालले मकवानपुरको हाँडीखोला–७ मसिनेमा रहेको पशुपतिनाथ माध्यामिक विधालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
बिद्यालयमा अध्ययनरत लोपोन्मुख वनकरिया जातका १५ जना बाल–बालिकालाई स्कूल पोशाक, स्कूल ब्याग तथा खेलकुदका विभिन्न सामाग्रीहरू वितरण गरिएको सञ्जालका सदस्य रमेश सापकोटाले ए पान समाचारलाई जानकारी दिनुभयो । सञ्जालले यसअघि पनि धेरै ठाउमा सहयोग गर्दे आएका छ ।