खेलकुद पत्रकार मञ्च बाराको अधिवेशन जेठ अन्तिम साता

ए वान डेस्क
२७ बैशाख २०७५, बिहीबार १८:५६

नेपाल खेलकुद पत्रकार मञ्च बाराको प्रथम अधिवेशन आगामी जेठ २६ गते हुने भएको छ । सिमरामा विहिबार बसेको तदर्थ कार्यसमितिको वैठकले आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन सहितको प्रथम अधिवेशन गर्ने निर्णय भएको अध्यक्ष सुनील गाउँलेले जानकारी दिनुभयो ।

अधिवेशन आयोजनाका लागि अध्यक्ष गाउँलेको संयोजकत्वमा ५ सदस्यिय तयारी समिति समेत गठन भएको छ । जसमा मञ्चका उपाध्यक्ष कृष्ण सिग्देल, सचिब बसन्त खतिवडा, सहसचिब श्याम गुप्ता र प्रदिप गौतम सदस्य रहेका छन् ।

बैठकले नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा राजधानीमा आगामी जेठ ३ गते हुन गइरहेको पल्सर स्पोर्टस अवार्ड वितरण समारोहमा सहभागिता लगायतका विषयमा निर्णय गरेको मञ्चका उपाध्यक्ष कृष्ण सिग्देलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*