बजनी हत्या काण्ड : ६ महिनापछि बारा प्रहरीलाई मिल्यो सफल्ता, ३ जना शार्वजनीक
प्रदिप गौतम /
बारा प्रहरीले बजनी हत्या काण्डका मुख्य योजनासहित ३ जनालाई आज शार्वजनीक गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय बाराले ३ जनालाई शार्वजनीक गरेको हो ।
बजनीमा ६ महिनाअघि मंसिर १५ गते राती कृषक दम्पती दिपक सुवेदी र दिपिका सुवेदीको हत्या भएको थियो । हत्या भएको ६ महिनापछि बारा प्रहरीलाई आज सफल्ता मिलेको हो ।
प्रहरी उपरीक्षक मिरा चौधरी नेतृत्वको टोलिले ३ जनालाई हिजो सिमराबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ निवासी रमेश थापा, वडा नम्बर २ कै गोपालबहादुर लामा, वडा नम्बर ३ का गुप्तबहादुर लामा र नवपरासीका अर्जुन नेपाली रहेका छन् ।
जसमध्य रमेश थापा घटनाका मुख्य योजनाकार रहेको बाराकी प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिनुभयो । ‘थापा मुख्य योजनाकार हुन्, अन्य सबै थापाका सहयोगी हुन्’ चौधरीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
प्रहरीले नवलपरासीका नेपालीलाई भने शार्वजनीक गरेन् । ‘नेपाली पक्राउ परिसकेका छन्, हामीले मुद्धा चलाएर उनलाई आवश्यक कारर्वाही प्रक्रिया अघि बढाएका छौ’ चौधरीले भन्नुभयो । थप विवरण केहीबेरमा ।























