उच्च माद्यामिक शिक्षक युनियनको भेला डुमरवानामा सम्पन्न
उच्च माद्यामिक शिक्षक युनियनको जिल्ला भेला बाराको डुमरवानामा आज सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले माध्यमिक तहका शिक्षकहरुको समस्या समाधानमा आफु गम्भिर रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यादवले जिल्लामा शिक्षाको गुणस्तर बृद्धी गरी बिद्यालय शिक्षाको पहुँचलाई माथी उकास्न शिक्षकले खेलेको भुमिकालाई प्रशंसा गर्दै माध्यमिक तहमा अध्यापनरत शिक्षक ब्यवस्थापनका लागी शिक्षा ऐनमै ब्यवस्थापन गर्न पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरका मेयर डा. कृष्ण पौडेलले नगर सहित जिल्लाकै शैक्षिक संरचना बिकासका लागी शिक्षकको मनोबल उच्च हुनुपर्ने धारणा ब्यक्त गरे । उनले पछिल्लो समय जितपुरसिमरा उपमहानगरमा शिक्षाको गुणस्तर बिकास र आधुनिक शैक्षिक प्रणाली कार्यान्वयका लागी पहल शुरु गरेको भन्दै माध्यमिक शिक्षकको दरबन्दी ब्यवस्थापनका लागी केन्द्र र प्रदेश सरकारले नै शिक्षा ऐन र कानुन निर्माणमा बिचार पुर्याउन आवस्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल सामुदायीक शिक्षक युनियनका केन्द्रिय महासचिव प्रल्लाद राज गौतमले बिद्यमान शिक्षा नीति अनुरुप सामुदायिक स्तरबाट सञ्चालित साबिक उच्च माध्यमिक बिद्यालयहरुमा प्राध्यापनरत शिक्षकहरुको पेशागत हकहित र वृत्ति बिकासका साथै शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न युनियन लागी परेको बताए ।
साबिक उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षकहरको साझा संगठनका रुपमा रहेको यस युनियनले शैक्षिक तदर्थबादको अन्त्य गर्ने अभियान स्वरुप संगठित रुपमा जिल्लाभरीका सामुदायीक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुको पेशागत हक हितको संरक्षण गर्न अगाडी बढेको गौतमको भनाई थियो ।
कार्यक्रममा युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर २ का संयोजक उमेश चौहन, नेपाल शिक्षक संगठन बाराका अध्यक्ष अनिल मैनाली, डुमरवाना क्याम्पसका सहायक प्रमुख किसोर शर्मा, नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय सिमराका प्रध्यानाध्यापक शंकर कुमार आचार्य लगाएत जिल्लाभरीका माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुको भेलामा उपस्थीती रहेको थियो ।
युनियन जिल्ला कार्यसमिती बाराका अध्यक्ष राधेश्याम शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा युनियनका जिल्ला कार्यसमिती सचिव अच्युतदेव सिटौलाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजीकरण देबी कुमारी सापकोटाले गरेकी थिइन् ।























