बाजेको सेकुवामा सुन तस्करको लगानी !

ए वान डेस्क
३१ जेष्ठ २०७५, बिहीबार ०८:४१

संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ आउटलेट सिलबन्दी गरेको छ ।

समितिका अनुसार बाजेको सेकुवामा चेतन भनिने चेतनाथ भण्डारीको लगानी रहेको र उनी संगठित सुन तस्करी मुद्धाका फरार प्रतिवादी रहेकाले पसल सिल गरिएको हो ।

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रुपमा उल्लेख छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*