सिमरामा पिर्काले हानेर श्रीमानको हत्या

ए वान डेस्क
१६ असार २०७५, शनिबार १९:३९
Corpse

चितवनको माडीमा आज दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।

माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् ।

श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*