सिमरामा ५१ मिलिलिटर बर्षा

ए वान डेस्क /
बाराको सिमरामा गएरातिदेखि अहिलेसम्म ५१ मिलिलिटर बर्षा भएको छ । मौसम पुर्वानुमान महाशाखाबाट प्राप्त विवरण अनुसार सबैभन्दा धेरै भैरहवामा बर्षा भएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवामा ६३, पोखरामा ६२, सिमरामा ५१, धनकुटामा २७ तथा विराटनगर र धनगढीमा १०÷१० मिलिमिटर वर्षा भएको छ । काठमाडौमा ४ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौको अधिकतम तापक्रम २७ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।