तीन दिने शैक्षिक हड्ताल फिर्ता

ए वान डेस्क
१९ असार २०७५, मंगलवार १०:४०

आठ विद्यार्थी संगठनले घोषणा गरेको तीन दिने शैक्षिक हड्ताल फिर्ता भएको छ ।

शिक्षा मन्त्रालय, ब्याब्सन र एनप्याब्सनबीच गएराति भएको वार्तापछि हड्ताल फिर्ता लिएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बताए ।

यसअघि विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा बढेको अराजकता अन्त्यको माग गर्दै असार २०,२१ र २२ गते देशभरका शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका थिए ।

वार्तामा शिक्षा मन्त्रालयका तर्फबाट सहसचिव सुर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल र प्याब्सन कार्यबहाक अध्यक्ष डिके ढुंगाना तथा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको सहभागि रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*