सिमरामा रेडियो पत्रकारिता तालिमको आयाजना

ए वान डेस्क /
बाराको सिमरामा रेडियो पत्रकारिता तथा व्यक्तित्व विकास तालिम आयोजना गरिएको छ । प्रदेश सासंद विकास कोषको आर्थीक सहयोगमा रेडियो सिमराले तालिम आयोजना गरेको हो ।
२ दिने तालिमको आज एक कार्यक्रमकाबिच रेडियो सिमराका अध्यक्ष एवं पुर्व मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दे पौडेलले सत्यतथ्य समाचार मात्र प्रकाशन तथा प्रशारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
तालिममा प्रदेशसभा सदस्यहरु सिता गुरुङ्ग, सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उप–मेयर सरस्वती चौधरी, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेताहरु अनिल श्रेष्ठ, देवनारायण चौधरी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलको अध्यक्ष्ँतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य सिता अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा रेडियोका निर्देशक सत्य श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकाबिच रेडियोले प्रदेशसभा सदस्यहरु सिता गुरुङ्ग, सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उप–मेयर सरस्वती चौधरीलाई सम्मान गरेको थियो । तालिममा झन्डै ३० जना युवा/युवतीहरु सहभागी छन् ।
सहभागीहरुलाई पत्रकार फणि महतले प्रशिक्षण दिईरहनुभएको छ ।