देउजाको ‘ऋषि धमला’ बोलको गीत सार्वजनिक हुँदै

ए वान डेस्क
१ श्रावण २०७५, मंगलवार ०९:४८

सञ्चारउद्यमी, सञ्चारकर्मी, गीतकार तथा गायक सन्तोष देउजाको चर्चित गीत ऋषि धमला बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ ।
काठमाडौं स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरी नेपालका चर्चित पत्रकार ऋषि धमलाको व्यक्तित्वमा आधारित रही बनाईएको ‘ऋषि धमला’ बोलको गीत दिउँसो १ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको गीतकार देउजाले जानकारी दिए ।

तीज पर्वको पूर्व सन्ध्यामा ‘ऋषि धमला’ बोलको गीत सार्वजनिक गर्न लागिएको उनले बताए । पत्रकार ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको देउजाको गीत रेकर्डिङ र म्यूजिक भिडियो छायाँकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको देउजाले बताए ।

छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास लिएको उनले बताए । तीज पर्वको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको गीत भएपनि यस गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको उनले बताए ।

गीतको म्यूजिक भिडियो हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत सार्वजनिक हुने छ । कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीतको प्रतिक्रिया देउजाले दिएका छन् ।

गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदिप त्रिपाठीले आवाज भरेका छन् भने राकेस सोनीले संगीत संयोजन गरेका छन् । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड भएको गीतको दृश्य निर्माण साई भिजन प्रा.ली. अनामनगरले गरेको हो ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । नेपाली नारीको महान पर्व हरितालिका तीज पर्वलाई लक्षित गरी कपुरबोट मिडिया प्रा.लि.ले गीतलाई बजारमा ल्याउन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*