ऋषि धमलालाई अञ्जली अधिकारीले ‘चर्का कुरा नगर’ भनेपछि … भिडियोसहित

ए वान डेस्क
१ श्रावण २०७५, मंगलवार १३:३७

सञ्चारउद्यमी, सञ्चारकर्मी, गीतकार तथा गायक सन्तोष देउजाको चर्चित गीत ऋषि धमला बोलको गीत सार्वजनिक भएको छ  काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘ऋषि धमला’ बोलको गीत केहिबेर अघि सार्वजनीक गरिएको हो ।

तीज पर्वको पूर्व सन्ध्यामा ‘ऋषि धमला’ बोलको गीत सार्वजनिक गरिएको गीतकार संतोष देउजाले जानकारी दिनुभयो । गीतको म्यूजिक भिडियो हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदिप त्रिपाठीले आवाज भरेका छन् भने राकेस सोनीले संगीत संयोजन गरेका छन् । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड भएको गीतको दृश्य निर्माण साई भिजन प्रा.ली. अनामनगरले गरेको हो ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । नेपाली नारीको महान पर्व हरितालिका तीज पर्वलाई लक्षित गरी कपुरबोट मिडिया प्रा.लि.ले गीतलाई बजारमा ल्याएको हो । हेर्नुहोस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*