शिवम् सिमेन्टद्वारा मकवानपुरबासीका लागि शेयर निष्काशन

ए वान डेस्क
३ श्रावण २०७५, बिहीबार ११:२७

शिवम् सिमेन्टले उद्योग प्रभावित क्षेत्र अर्थात मकवानपुरका बासीन्दाका लागि प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको छ ।

कम्पनीले प्रति शेयर १ सय रुपैयाँमा थप २ सय रुपैयाँ प्रिमियम थप गरि ३ सय रुपैयाँमा ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएको जनाएको छ । यसका लागि साउन १३ देखि भदौ ११ गतेसम्म १० कित्तादेखि १ हजार कित्तासम्म शेयरमकवानपुर जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

इक्रा नेपालका अनुसार कम्पनीको क्रेडिट रेटिङ ३ प्लसे छ । यस्तो कम्पनीको अवस्था औसत रहेको जनाउँछ ।

आईपीओमा निवेदन दिन आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट गर्न पाइनेछ । उद्योग प्रभावित क्षेत्रपछि ४ सय रुपैयाँका दरले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको स्थिर सम्पत्ति ४ अर्ब १९ करोड रुपैयाँ छ । जसमा संस्थापक शेयर पूँजी ८८ प्रतिशत र सर्वसाधारणको १२ प्रतिशत रहने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*