७ दिनको शिशु झोलामा हालेर हिँडेपछि..

ए वान डेस्क
१२ श्रावण २०७५, शनिबार ०८:३६

शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*