साना किसान मनहर्वाको मुनाफा ८६ लाख ५२ हजार

पुष्पराज खतिवडा /
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले गत आर्थीक बर्ष २०७४/७५ मा ८६ लाख ५२ हजार मुनाफा गरेको छ । असार मसान्तमा सम्पन्न गरेको खाताबन्दीबाट लक्ष्यको तुलनामा १०४ दशमलव १४ प्रतीशतले नाफामा वृद्धि गरेको संस्थाले जनाएको छ ।
८३ लाख ८ हजार नाफा गर्ने लक्ष्य निर्धारण गरेकोमा ३ लाख ४४ हजारले नाफा वृद्धि भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो । सोही आर्थिक बर्ष संस्थाले १७ करोड ६२ लाख ५ हजार कर्जा लगानी गरेकोमा १२ करोड १ लाख ८७ साँवा असुली गरेको छ ।
२० करोड २५ लाख ५२ हजार कर्जा लगानीमा रहेको संस्थाले ८ करोड ७३लाख ५५ हजार बाह्य कर्जा लिएको र बाँकी संस्थागत पूजी परिचालन गरेको जनाएको छ । सदस्यहरुको १ करोड ७४ लाख २५ हजार शेयर पूँजी रहेको संस्थामा १ हजार ९ सय २८ महिला सहित १ हजार ९ सय ७६ जना शेयर सदस्य रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वामा कार्यालय रहेको संस्थाले बचत तथा ऋण कारोबारका अलावा कृषि विशेष कार्यक्रम समेत संचालन गर्दै आएको छ । संस्थाले आफ्नो कार्यालयबाट सदस्यहरुलाई विभिन्न खालका रेमिट सेवा समेत दिदै आएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।