सिमरामा भेट्रान कप फुटबल शुरु, १० टिमको सहभागीता

ए वान डेस्क
१ भाद्र २०७५, शुक्रबार १९:०६

ए वान डेस्क /

बाराको सिमरामा आजदेखि भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ । हुलास फुटबल क्लब सिमराको आयोजनामा वडा नम्बर २ स्थित गैरीटोलमा फुटबल प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे वडा अध्यक्ष श्रेष्ठले खेल र खेलाडीको संरक्षण गर्न स्थानीय सरकारले बिशेष ध्यान दिने बताउनुभयो ।

‘हाम्रो वडामा धेरै खेलाडीहरु छन्, उनीहरुको संरक्षण गर्न वडासंगै उप–महानगरपालिकाले बिशेष ध्यान दिनेछ’ उहाले भन्नुभयो । कार्यक्रममा सिमरा कलेज सिमराका प्रमुख शालिकराम अधिकारीले खेल क्षेत्रको बिकासमा सरकारले खासै ध्यान दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फा बाराका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामा, नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ता लगायतधको उपस्थिति रहेको थियो । आजदेखि शुरु भएको प्रतियोगिता १० दिनसम्म चल्नेछ ।

आयोजक क्लबका अध्यक्ष सोमलला बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रदिप गौतमले गर्नुभएको थियो । प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको बिजेताले ४० केजिको खसि तथा उप–बिजेताले ४ वटा व्वाईलर पाउने आयोजक क्लबका अध्यक्ष सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*