भोलाप्रसाद अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
७ भाद्र २०७५, बिहीबार १९:५१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ललितपुर वितरण केन्द्रका इलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अधिकारीमाथि मिटर नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु ९५ हजार घुस मागेको अभियोग छ । आयोगले बिगो असुली गरी कैद सजायको समेत माग गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।























