बसको ठक्करबाट महिलाको मृत्यु

ए वान डेस्क
११ भाद्र २०७५, सोमबार ०८:१९

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*