रक्सौल–काठमाण्डौं रेलमार्ग सर्वेक्षण सहमति

ए वान डेस्क
१६ भाद्र २०७५, शनिबार ०६:४६

नेपाल र भारतबीच रक्सौल –काठमाण्डौं रेलमार्ग सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो ।

उक्त सम्झौतमा नेपालको तर्फबाट भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव मधुसुदन अधिकारी तथा भारतीय राजदूत मञ्जिव सिंह पुरीले हस्ताक्षर गरेका थिए ।

गत अप्रिल ७ मा दुई सरकारबीच रेल सञ्जाल विस्तारबारे संयुक्त वक्तव्यमा रक्सौल र काठमाडौँ नयाँ विद्युतीय रेल लाइन निर्माण गर्ने सहमति भएको थियो । यसको पहिलो कदमका रुपमा आज एक वर्षभित्र सर्वेक्षण सक्ने सहमति भएको छ ।

त्यस्तै, लगानी र परियोजनाको कार्यान्वयनबारे डिपिआएरको आधारमा तय गरिने पनि सहमति भएको छ ।

नेपाल सरकारसँगको परामर्शमा कोनकान रेलवे कर्पोरेसनले प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण गर्ने बताइएको छ ।

राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*