पथलैयामा आज श्रीकृष्ण जात्रा हुने, गायक शिव परियार आउने

ए वान डेस्क
१७ भाद्र २०७५, आईतवार ०९:०७

ए वान डेस्क /

नेपालका चर्चित गायक शिव परियार आज पथलैया आउने भएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको श्रीकृष्ण जात्रामा आफ्नो प्रस्तुती देखाउन गायक परियार आज पथलैया आउन लागेका हुन् ।

जात्रामा गायक परियारले आज आधा दर्जन प्रस्तुती देखाउने बुझिएको छ । गायक परियारसंगै चर्चित गायिका टिका प्रसँई, जुन प्रसाई, भिमफेदी गाईजसहित स्थानीय पनाम ब्याण्डले समेत आफ्नो प्रस्तुती देखाउने आयोजक मुल समारोह समितिका संयोजक कृष्ण ढुंगेलले ए वान समाचारलाई जानकारी दिनुभयो ।

जात्रा दिउसो ३ बजेदेखि शुरु हुने उहाले बताउनुभयो । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ स्थित पथलैयामा हुन लागेको जात्राबाट एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको छ ।

जात्रा हेर्न यसबर्षदेखि टिकटको व्यवस्था गरिएको छ । संयोजक ढुंगेलका अनुसार यसबर्ष जात्रा हेर्नको लागी ५० रुपैया टिकट निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*