हुलास स्टिल्समा मजदुरहरुको आन्दोलन स्थगित, लागु हुने भयो न्युनतम तलब

ए वान डेस्क /
बाराको सिमरामा रहेको हुलास स्टिल्स ईन्डस्ट्रिज लिमिटेडमा २३ दिनदेखि आन्दोलन गर्दे आएका मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । नेपाल सरकारले वृद्धि गरेको न्युनतम तलब लागु गर्ने कम्पनीसंग सहमति भएपछि मजदुरहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
मजदुरहरुको आन्दोलन फिर्ता भएसंगै आजदेखि उद्योगको काम पनि शुरु भएको छ । सरकारले वृद्धि गरेको ३७५० रुपैया सबै श्रमिकको हकमा लागु गर्ने कम्पनीसंग सहमति भएको हुलास स्टिल्स मजदुर युनियका अध्यक्ष प्रदिप गिरिले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘सरकारले न्युनतम नपुगेको हकमा पुर्याएको थियो, तर बाकी पुराना मजदुरहरुलाइ दिएको थिएन’ अध्यक्ष गिरिले भन्नुभयो । सहमति अनुसार मजदुरहरुले कम्पनीबाट अब न्युनतम १३४५० रुपैया पाउनेछन् ।
यसअघि मजदुरहरुले २३ दिनदेखि प्रोक्डसनमा स्लो आन्दोलन गर्दे आएका थिए ।