सुचना आयोगद्धारा पत्रकार अधिकारी नगदसहित सम्मानित

ए वान डेस्क /
राष्ट्रिय सुचना आयोगले पत्रकार गिरिजा अधिकारीलाई आज नगदसहित सम्मान गरेको छ । आयोगले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमकाबिच पत्रकार अधिकारीलाई उत्कृष्ट सूचनाको हकको अभियन्ताको रुपमा नगदसहित सम्मान गरेको हो ।
सूचनाको हकको सर्वव्यापी पहुचका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमकाबिच प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पत्रकार अधिकारीलाई नगद ३० हजारसहित सम्मान गर्नुभएको हो । अधिकारीले मकवानपुरबाट लामो समयदेखि पत्रकारिता गर्दे आउनुभएको छ ।
पत्रकार महासंघ मकवानपुरका पुर्व उपाध्यक्षसमेत रहनुभएका अधिकारी मकवानपुरबाट सञ्चालन भईरहेको तु खबर डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।