आफ्ना म्यानेजरले छाेडेर प्रतिस्पर्धी श्रद्धा कपूरकाे म्यानेजर बनेपछि दिशा पाटनी तनावमा

ए वान डेस्क
२४ माघ २०७५, बिहीबार १५:५३

अभिनेत्री दिशा पाटनीले बलिउड फिल्ममा सशक्त भूमिकामा अभिनय नगरे पनि उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्री हुन् ।

उनको सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ । साथै दिशाले फिल्म ‘बागी २’ मा उनका वास्तविक जीवनका प्रेमीसमेत रहेका अभिनेता टाइगर श्रफको जोडीको रुपमा अभिनय गरेकी थिइन् ।

उक्त फिल्म बक्स अफिसमा सफल भएसँगै यतिबेला दिशालाई बलिउडका  कैयौं फिल्महरुमा काम गर्ने अफरहरु आइरहेका छन् ।  दिशा यतिबेला सलमान खानको फिल्म ‘भारत’ मा पनि काम गरिरहेकी छिन् । फिल्म ‘भारत’ रिलिजपछि दिशाको करियर एउटा छुट्टै उचाइमा पुग्ने चर्चा पनि भइरहेको छ ।

 

खबरहरुका अनुसार अभिनेता सलमान खानले दिशालाई उनको अर्को फिल्ममा पनि अभिनय गर्ने अवसर दिने बताइएको छ । साथै दिशा र उनका प्रेमी टाइगर श्राफबीचको सम्बन्ध पनि राम्रोसंँग अगाडि बढिरहेको छ । यी दुवै सँगसँगै निकै खुशी छन् ।

अर्थात दिशा पाटनी यतिबेला उनको जीवनको निकै सुखद समयमा छिन् । तर यति हुँदाहुँदै पनि दिशा पाटनीलाई एउटा चिन्ताले सताइरहेको छ । त्यो के हो भने दिशाका म्यानेजरले अहिले उनको साथ छोडिदिएका छन् ।

यतिसम्म त ठिकै थियाे, तर दिशाको समस्या तब सुरु भयो जब ती म्यानेजर दिशाकै प्रतिस्पर्धी अभिनेत्री श्रद्धा कपूरको म्यानेजरको रुपमा नियुक्त भए ।

दिशालाई यहाँसम्म ल्याउनका लागि तिनै म्यानेजरले सघाएका थिए । उनकै कारण दिशालाई राम्रा प्रोजेक्टमा काम गर्ने अवसरहरु आइरहेका थिए तर अहिले ती म्यानेजर श्रद्धा कपूरको म्यानेजर रुपमा नियुक्त भएपछि दिशालाई तनाव भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*