सरसफाई गर्न जब नगर सभापति गुप्ता आफै कुच्चो लिएर निस्किए … (फोटो फिचर)

क्लिन सोसाइटी नेपालद्धारा बाराको जीतपुरसिमरा उपमहानगरपालीका, सिमरामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ
बडा दशैँको शुभ अवसर पारेर आज घटस्थापनाको दिन सिमरा चौकमा प्रहरीको संयुक्त टोली सहित स्थानियको सहभागीतामा सडकको फोहर व्यवस्थापन गरिएको हो ।
फोटोमा हेर्नुस् क्लिन सोसाइटीले सिमरामा गरेको सरसफाई
प्रहरीले सिमराको मुख्य चौकमा रहेको राम मन्दिरको सरसफाई गरी सिमरा बिमान स्थल जानेबाटो सरसफाई गरेको छ ।
दशैँमा बिशेषगरी नवरथा अवधीमा मठ मन्दिरहरुमा दर्शनार्थीहरुको आवतजावत बाक्लो हुने र बिमानस्थलको बाटो हुँदै छिमेकी देश सहित बिभिन्न जिल्लाहरुका मानिसहरु आवतजावत गर्ने हुँदा नगरको सौदन्र्यलाई बिशेष ध्यान दिँदै सरसफाई कार्यक्रमको आयोजना गरिएको सोसाइटीका अध्यक्ष तथा काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले जनाए ।
सिमराको सडक सौन्दर्यमा स्थानिय स्वयम नै सचेत हुनुपर्ने भन्दै गुप्ताले नगर कार्यपालीकाले सडक सौन्दर्यलाई केन्द्रित गरेर अभियान संचालन गर्न आवश्यक रहेको धारणा ब्यक्त गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किसोर साह, शसस्त्र प्रहरी भद्रकाली गणका सशस्त्र प्रहरी निरिक्षक उमेश कार्की, शसस्त्र बेस क्याम्प जीतपुरका इन्चार्ज प्रकास कार्की र ट्राफिक प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक बलराम चौधरीको नेतृत्वमा आएका करिब २ सय बढी प्रहरीहरुको समुहले सिमराको मुख्य चौक सरसफाई गरेका हुन् ।