दोस्रो भेट्रान कपमा आज फाईनल खेल हुने, उपाधीका लागी हेटौडा र विरगञ्ज भिड्ने

ए वान डेस्क
२० मंसिर २०७७, शनिबार ०८:४१

ए वान डेस्क /

हेटौडा फुटसल भेट्रान जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा आज फाईनल खेल हुने भएको छ । गैरी टोल खेल मैदानमा आज हुने फाईनल खेल मध्यान्नह १२ बजेदेखि शुरु हुनेछ ।

उपाधीका लागी आज हेटौडा फुटसल भेट्रान र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच प्रतिस्पर्धा हुदैछ । अन्तिम सेमिफाईनल खेलमा डुमरवाना भेट्रानलाई पराजित गर्दै हेटौडा फुटसल भेट्रान फाईनलमा प्रवेश गरेको थियो । फाईनल खेल आज मध्यान्नह १२ बजेदेखि शुरु हुने आयोजक समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आउने कार्यक्रम छ ।

प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*