बाराका दुई नेताले भने : ‘हामी ओलिको केन्द्रिय सदस्य बन्दैनौ’ (बिज्ञप्तिसहित)

ए वान डेस्क
८ पुष २०७७, बुधबार १२:००

ए वान डेस्क /

नेपाल कम्युनिष्ट पार्टी नेकपा बाराका सचिव सुन्दर बिस्वकर्माले केपि ओलि समुहको केन्द्रिय सदस्य पद अस्विकार गर्नुभएको छ । बिभिन्न सञ्चार माद्ययममा आएका समाचारप्रति गंभिर ध्यानाकर्षण जनाउदै बिस्वकर्माले ओलि समुहको केन्द्रिय पद अस्विकार गर्नुभएको हो ।

आज एक प्रेश बिज्ञप्ति जारी गर्दै बिस्वकर्माले ओलि समुहको केन्द्रिय सदस्य पद अस्विकार गरेको घोषणा गर्नुभएको हो । नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य समेत रहनुभएका बिस्वकर्माको नाम हिजो मात्रै ओलि समुहको बैठकले केन्द्रिय सदस्यमा मनोनित गरेको थियो ।

यस्तै अर्का प्रदेश कमिटि सदस्य कमलेश झाले आफु पनि ओलि समुहको केन्द्रिय कमिटिमा नरहने घोषणा गर्नुभएको छ । जिफन्ट प्रदेश नम्बर २ का प्रदेश कमिटि अध्यक्ष समेत रहनुभएका झाले ओलि समुहको पद आफुलाई नचाहिने बताउनुभयो ।

हेर्नुस् दुवै जनाको प्रेश बिज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*