हेटौडामा कुकिङ, बेकिङ र बरिष्टाको तालिम आयोजना
ए वान डेस्क /
मकवानपुरको हेटौडामा रहेको हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साईन्सेसले कुकको तालिम आयोजना गरेको छ । सिटिईभिटिबाट मान्यता प्राप्त हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साईन्सेसले कुकिङ, बेकिङ र बरिष्टाको तालिम आयोजना गरेको हो ।
दक्ष एवं अनुभवी परिक्षकद्धारा तालिम सञ्चालन गरिने हुदा ईच्छुक सहभागिले तालिममा भाग लिन सक्ने हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साईन्सेसले जनाएको छ । हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साईन्सेसले आयोजना गरेको तालिममा प्रोफेस्नल कुक १ बर्षे, कर्मसियल कुक बेकिङ ६ महिने, जेनरल कुक ३ महिने, बेकर ३ महिने र बरिष्टा ३ महिने तालिमको आयोजना गरिएको कलेजका राजिव कर्णले जानकारी दिनुभयो ।
साथै अध्यनको लागी हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साईन्सेसले नेपालको बिभिन्न जिल्लाका साथै बिदेशमा समेत लगिने कर्णले बताउनुभयो ।
यस्तो छ हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साईन्सेसको तालिम फरमेट ।
























