पथलैयाका ‘ट्राफिक प्रमुख’ महत्तोको सरुवा, श्रेष्ठ आउने

ए वान डेस्क
२२ पुष २०७७, बुधबार १०:०४

ए वान डेस्क /

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रहरी प्रमुख श्याम कुमार महत्तोको सरुवा भएको छ । पथलैयामा अवस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महत्तोसंगै ३० जना एसपीको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचि अनुसार महत्तो अब पथलैयाबाट बिशेष अपराध अनुसन्धान महाशाखा काठमाण्डौमा सरुवा जाने भएका छन् । सुचि अनुसार उहाको प्रहरी प्रधान कार्यालय अन्र्तगतको अनुसन्धान महाशाखामा सरुवा भएको हो ।

महत्तोको ठाउमा अब हिमालय कुमार श्रेष्ठले ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । श्रेष्ठ यसअघि अपराध अनुसन्धान बिद्यालय महाराजगंज काठमाण्डौमा कार्यरत्त थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*