पत्रकार महासंघ बाराको अधिवेशन १९ गते हुने

नेपाल पत्रकार महासंघ बारा शाखाकोे जिल्ला अधिवेशन यही माघ १९ गते हुने भएको छ । निजगढको मोहरीमा हुन लागेको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाईएको छ ।
महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । अधिवेशनमा पुर्व अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम छ ।
यसका साथै प्रदेश कमिटिका निर्वाचित पदाधिकारिहरूलाई सम्मान, ६५ वर्षमाथिका सञ्चारकर्मीलाई पेन्सन बापत मासिक १ हजार प्रदान गर्ने, विरेन्द्र साह पत्रकारिता पुरस्कार जीतलाल श्रेष्ठलाई प्रदान गर्ने, बिनोद प्याकुरेल पत्रकारिता पुरस्कार रेशम तिवारीलाई दिने र रमेश पाण्डे युवा पत्रकारिता पुरस्कार रेणु चौधरीलाई प्रदान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । पत्रकार महासंघ बारा शाखाले नेपालमै पहिलो पटक ६५ बर्षमाथिका सञ्चारकर्मीलाई पेन्सन बापत मासिक १ हजार रुपैया प्रदान गर्न थालेको छ । अध्यक्ष उपाध्यायले जिल्ला अधिवेशनमा उपस्थित हुन सबैलाई आग्रह गर्नुभयो ।